वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादकले मात्रै मूल्य तय गर्न निर्देशन दिएपछि फार्मले आफै मूल्य निर्धारण गर्ने गरेका छन्।
चितवन– भदौ लागेपछि अण्डाको माग बढेको छ। साउनमा व्रत बस्ने धार्मिक मान्यतालगायत कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् ।
दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले अण्डाको माग बढेको बताए। उनका अनुसार माग बढेसँगै फार्महरूले अण्डाको मूल्य बढाएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादकले मात्रै मूल्य तय गर्न निर्देशन गरेपछि फार्मले आफै मूल्य निर्धारण गर्ने गरेका छन्।
पोखरेलका अनुसार शनिबारदेखि बिक्री मूल्य बढाइएको छ। दाउन्ने एग्रो फार्मले चितवनलाई आधार बनाएर एक्सल अण्डा प्रतिक्रेट (३० वटाको) ५०५ रुपैयाँ तय गरेको छ। ठूलो अण्डा ४९५ र मध्यम अण्डाको मूल्य ४२५ तोकिएको हो।
हिमचुली पोल्ट्री फार्मका अध्यक्ष राजेन्द्र लामिछानेले सबै फार्मकहरूले अण्डाको मूल्य बढाएको बताए। एक्सेल अण्डाको मूल्य प्रतिक्रेट पाँच, ठूलो र मध्यमको १० ले बढाइएको उनको भनाइ छ। तर मूल्य बढ्दा पनि लागत मूल्यमा पुग्न अझै नसकिएको लामिछानेले बताए।
अण्डा उत्पादक कृषक नेपाल लेयर्स कुखुरा पालक संघ गठन गरेर बजारीकरणमा जुटेका छन्। संघका अध्यक्ष समेत रहेका पोखरेलले ७५ प्रतिशत किसान विस्थापित भइसकेको उल्लेख गर्दै केही किसान फेरि व्यवसायमा फर्किएको बताए। साउनमा बिक्री हुन बाँकी अण्डा बिक्री भइसकेकाले अब केही सहज बन्ने पोखरेलको भनाइ छ।
खिलुङ काली पोल्ट्री फार्मका सञ्चालक भेषराज अर्यालले भदौ लागेसँगै व्रत सकिएको, पहाडी क्षेत्रका केही भागका सडकमा केही सुधार आएको, चाडपर्व शुरू भएको, विद्यालय, क्याम्पस सञ्चालनमा आएका, पर्यटकको आगमन बढेकाले अण्डाको माग बढेको बताए।
उद्योग संघ चितवनका पूर्वअध्यक्ष पोल्ट्री व्यवसायी त्रिलोचन कँडेलले माग बढेको तर उत्पादन घटेको बताए। झन्डै दुई महिनाअघि दैनिक २५ देखि २६ लाख अण्डा उत्पादन हुँदै आएकोमा अहिले घटेर २३ देखि २४ लाखमा झरेको उनले जानकारी दिए। केही महिनाअघि विज्ञहरूले अण्डाको लागत मूल्य प्रतिगोटा १६.५६ कायम गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
