गण्डकी प्रदेश सांसद दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

मनाङेले आफ्नो पवित्र उद्देश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार नेकपा एकीकृत समाजवादीम रहेको भन्दै पार्टी प्रवेश गरेको जनाएका छन्।

काठमाडौँ– मनाङबाट स्वतन्त्र निर्वाचित गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ उर्फ दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। उनलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज पार्टी प्रवेश गराएका हुन्। 

गण्डकीमा नेकपा एसले प्रदेशसभामा एउटा सिट पनि प्रत्यक्षतर्फ जित्न सकेको थिएन। मनाङेले आफ्नो पवित्र उद्देश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार नेकपा एकीकृत समाजवादीम रहेको भन्दै पार्टी प्रवेश गरेको विज्ञप्तिमार्फत् जानकारी दिएका छन्। 

मनाङे मंसिर ४ मा भएको प्रदेशसभा निर्वाचनमा मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्विरोध निर्वाचित भएका थिए।