तनहुँको आँबुखैरेनी गाउँपालिका-४ ऐनापहरामा शुक्रबार भएको बस दुर्घटनाका घाइते भएका आफ्ना नागरिकको अवस्थाबारे बुझ्न राज्यमन्त्री रक्षा निखिल खड्से शनिबार काठमाडौँ आएकी हुन्।
काठमाडौँ– भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से काठमाडौँ आइपुगेकी छन्।
तनहुँको आँबुखैरेनी गाउँपालिका-४ ऐनापहरामा शुक्रबार भएको बस दुर्घटनाका घाइते भएका आफ्ना नागरिकको अवस्थाबारे बुझ्न उनी शनिबार काठमाडौँ आएकी हुन्।
उनले महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइतेको अवस्थाबारे जानकारी लिइरहेको काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ। दुर्घटनामा घाइते भएका १६ जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। २७ जनाको मृत्यु भएको थियो।
पोखराबाट काठमाडौँतर्फ आइरहेको यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस सडकबाट करिब ३०० मिटर तल मर्स्याङ्दी नदीमा खसेको थियो। घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार नै काठमाडौँ ल्याइएको थियो। प्रहरीका अनुसार सो बसमा ४३ यात्रा गरिरहेका थिए ।
यसैबीच, चितवनको भरतपुर अस्पतालमा दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परीक्षण भइरहेको छ। शव परीक्षणपछि भारत पठाइने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
