पश्चिमी जर्मनीको सोलिनजेन शहरमा शुक्रबार आयोजित महोत्सवमा अज्ञात व्यक्तिबाट छुरा प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
पश्चिमी जर्मनीको सोलिनजेन शहरमा शुक्रबार आयोजित एक उत्सवमा अज्ञात व्यक्तिबाट छुरा प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ। साथै आठ जना घाइते भएको र तीमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले जनाएको छ। प्रहरीले यसअघि चार जना गम्भीर घाइते रहेको जनाएको थियो।
प्रहरीले सन्दिग्ध आक्रमणकारीको खोजी जारी राखेको बताएको छ। “आक्रमणकारीबारे अहिलेसम्म विस्तृत विवरण छैन, प्रहरीले तस्वीर र भिडियोसहित अनलाइन पोर्टलमार्फत शुक्रबार राति भएको आक्रमणको जानकारी खोजिरहेको छ,” डुसेलडोर्फ शहरका एक प्रहरी प्रवक्ताले बताए।
पीडित र प्रत्यक्षदर्शी दुवैसँग सोधपुछका साथै आक्रमणकारीको खोजीका लागि ठूलो टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
स्थानीय समयअनुसार शुक्रबार राति ९ः४० बजेको समयमा आक्रमणकारी चक्कु प्रहार गरी धेरै जनालाई घाइते बनाएको सूचना आएको प्रहरीले जनाएको छ। आक्रमणलगत्तै विशेष प्रहरी बलको टोली हेलिकप्टरसहित घटनास्थलमा पुगेको थियो।
सोलिनजेन शहरको ६५०औँ वार्षिकोत्सवका अवसरमा आयोजित महोत्सवमा यो आक्रमण भएको हो। सोलिनजेनका मेयर टिम–ओलिभर कुर्जबाचले घटनाबाट सम्पूर्ण शहर स्तब्ध भएको बताए।
“हामी सबै मिलेर शहरको वार्षिकोत्सव मनाउन चाहन्थ्यौँ तर अहिले यस अप्रिय घटनामा मृत्यु हुनेप्रति शोक व्यक्त गरिरहेका छौ”, कुर्जबाचले भने।
जर्मनीका चान्सलर ओलाफ स्कोल्जले एक्समा एक पोस्ट गर्दै अपराधीलाई जतिसक्दो छिटो पक्राउ गरी कानूनबमोजिम सजाय दिनुपर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
