सुनकोशीमा कार खस्यो, १ जनाको उद्धार

नदीमा खसेको कार र बाँकी यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

काठमाडौँ– सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ बेलटारस्थित सडकबाट एक निजी कार सुनकोशी नदीमा खसेको छ।

कारमा सवारमध्ये एक जना घाइतेलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित अस्पताल पठाइएको छ। 

नदीमा खसेको कार र बाँकी यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

खोटाङको हलेसीबाट काठमाडौँतर्फ आइरहेको सो कार शनिबार करिब साँझ ५ः३० बजे नदीमा खसेको थियो। घटनाको थप विवरण आउन बाँकी छ।