नर्वेली फरवार्ड एर्लीङ हालान्डको ह्याट्रिकको मद्दतमा घरेलु टोली सिटीले इप्सविच टाउनलाई ४-१ ले पराजित गरेको हो।
काठमाडौँ– म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ। नर्वेली फरवार्ड एर्लीङ हालान्डको ह्याट्रिकको मद्दतमा घरेलु टोली सिटीले इप्सविच टाउनलाई ४-१ ले पराजित गरेको हो।
शनिबार राति सिटीको जितमा हालान्डले ह्याट्रिक तथा केभिन डी ब्रुएनले १ गोल गरे। खेलमा अग्रता भने स्यामी स्माडिकको गोलमा इप्सविचले लिएको थियो। यस जितसँगै सिटीको दुई खेलबाट ६ अंक भएको छ।
शनिबार नै भएको अर्को खेलमा आर्सनलले घरेलु टोली एस्टन भिल्लालाई २–० ले पराजित गरेको छ। भिल्ला पार्कमा भएको खेलमा आर्सनललाई जिताउन लियोनार्दो ट्रोसार्ड र थोमस पार्टीले गोल गरेका थिए। आर्सनलले पनि शुरूआती दुवै खेल जित्दै तालिकामा ६ अंक बताएको छ।

यसैगरी, अर्को खेलमा म्यानचेस्टर युनायटेड पराजित भएको छ। नशिबार ब्राइटनसँग युनाइटेड २-१ ले पराजित भएको हो। ब्राइटनको जितमा डानी वेलबेक र जोआ पेद्रोले गोल गरे। युनाइटेडका अमाद डिएल्लोले १ गोल फर्काए। ब्राइटेनको २ खेलमा ६ अंक भएको छ। समान खेलमा युनाइटेडको ३ अंक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
