रामेछापको दाेरम्बा शैलुङमा पहिरो: २ जनाको मृत्यु, ८ बेपत्ता

रामेछापको दोरम्बा–शैलुङ गाउँपालिका–३ मा पहिरोमा परेर दुई जानको मृत्यु भएको छ । पहिरोमा परेर आठ जना बेपत्ता भएका छन् ।

फाइल तस्वीर।

काठमाडौँ– रामेछापको दोरम्बा शैलुङ गाउँपालिका– ३ लेखर्कमा शनिबार राति पहिरोमा परी  दुई जनाको मृत्यु भएको छ। अरू आठ जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष खमला थापा मगरले जानकारी दिइन्। 

“पहिरोले चार वटा घर बगाएको र एक घर पुरेको छ। दुई जनाको शव निकालेका छौँ। स्थानीयको भनाइअनुसार आठ जना बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको छ,” घटनास्थलमा रहेकी उनले उकालोसँग भनिन्, “पहिरोले कति क्षति पुगेकाे छ भन्ने विषयमा जानकारी आउन बाँकी छ। 

पहिरोमा परेका एक जनाको भने उद्धार गरिएको उनले बताइन्। यसैगरी, पहिरोले गाउँपालिका– २ र ३ नम्बर वडा जोड्ने ढाेईखोलाको पक्की पुल पनि बगाएको छ।