सेतीको कटानले अन्त्यकर्मका लागि घाट पुग्न समस्या

परापूर्वकालदेखि तल्लो गगनगौडा, लामेआहाल, कालिकानगर, मजुवा र आसपासका व्यक्तिको अन्तिम संस्कार गरिने घाटमा पुग्ने बाटो सेती नदीको कटानसँगै भत्केपछि समस्या भएको हो। 

गण्डकी– सेती नदीको कटानका कारण पोखरा–३२ स्थित सतीघाटमा बाटो भत्कँदा समस्या भएको छ।

परापूर्वकालदेखि तल्लो गगनगौडा, लामेआहाल, कालिकानगर, मजुवा र आसपासका व्यक्तिको अन्तिम संस्कार गरिने घाटमा पुग्ने बाटो सेती नदीको कटानसँगै भत्केपछि समस्या भएको हो। 

घाटसम्मको बाटोलाई विगत दुई वर्षयता लगातार रूपमा बजेट विनियोजनगरी ढलान गरिएको भए पनि नदीको कटानका कारण बाटो नै भत्कँदा त्यहाँबाट आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताए। 

“घाटसम्मको बाटो ढलानका लागि यसअघिका दुई आर्थिक वर्षमा क्रमशः १५ लाख र २३ लाख रुपैयाँ बजेट विनियोजन भई काम भएको थियो,” उनले भने, “नदी कटानले बाटोको धेरै भाग भत्किएको छ।” 

वडामा बाढी नियन्त्रणका लागि ७० लाख  रुपैयाँ बजेट विनियोजन भए पनि उक्त रकमले त्यहाँको समस्या समाधान गर्न असम्भव भएको उनले बताए।