रुसीमूलका पावेल दुरोभले सन् २०१३ मा टेलिग्राम स्थापना गरेका थिए। छोटो समयमा चर्चा बटुलेको टेलिग्रामका सीईओ दुरोभ किन पक्राउ परे?
मेसेजिङ एप टेलिग्रामका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पावेल दुरोभलाई फ्रान्सेली प्रहरीले पक्राउ गरेको छ।
फ्रान्सेली सञ्चारमाध्यमका अनुसार पावेल दुरोभ आफ्नो निजी जेटमा शनिबार राति पेरिसको ले बोर्गे विमानस्थल पुगेका थिए, त्यहीँबाट प्रहरीले उनलाई पक्राउ गरेको हो। फ्रान्सेली प्रहरी अधिकारीहरूका अनुसार ३९ वर्षीय दुरोभलाई म्यासेजिङ एप टेलिग्रामसँग सम्बन्धित अपराधमा पक्राउ गरिएको हो। उनीमाथि लागुओषधको तस्करी, मनी लन्ड्रिङ तथा बाल यौन शोषणसँग सम्बन्धित सामग्री साझा गर्न टेलिग्राम एपको दुरुपयोग गरेको आरोप छ।
फ्रान्सेली टेलिभिजन च्यानल टीएफ १ ले दुरोभमाथि २० वर्षको जेल सजाय हुन सक्ने उल्लेख गरेको छ।
टेलिग्रामले हालसम्म उनको पक्राउबारे कुनै टिप्पणी गरेको छैन। यसैबीच फ्रान्सको आन्तरिक मन्त्रालय र प्रहरीले पनि मौनता कायम राखेको छ। फ्रान्सेली समयअनुसार शनिबार राति ८ बजे अजरबैजानबाट विमानमा आइपुगेपछि दुरोभलाई पक्राउ गरिएको थियो।
रुसको सरकारी समाचार एजेन्सी तासले फ्रान्समा रहेको रुसी दूतावासले पनि स्थिति सम्हाल्न तत्काल कदम चालिरहेको जनाएको छ।
रुसीमूलका पावेल दुरोभले सन् २०१३ मा टेलिग्राम स्थापना गरेका थिए। यो प्लेटफर्मले गोपनीयता र स्वतन्त्र अभिव्यक्तिमा जोड दिएको कारणले तुरुन्तै प्रसिद्धि प्राप्त गर्यो। टेलिग्राम एप रूस, युक्रेन र पूर्व सोभियत गणतन्त्रहरूमा जानकारीको महत्त्वपूर्ण स्रोत भएको छ। रुस–युक्रेन द्वन्द्वमा दुवै पक्षका अधिकारीहरूले यसलाई व्यापक रूपमा प्रयोग गर्छन्।
दुरोभले टेलिग्राममा सरकारी नियन्त्रणको सधैँ विरोध गरिरहे। रुसले सन् २०१८ मा प्रयोगकर्ताको डेटा हस्तान्तरण गर्न अस्वीकार गरेको भन्दै यो एपमाथि प्रतिबन्ध लगाएको थियो। तर फेरि २०२१ मा उक्त प्रतिबन्ध हटायो।
रुसले दुरोभको अघिल्लो प्लेटफर्म भीकेमा विपक्षी आवाजहरू बन्द गर्न दबाब दिएपछि उनले २०१४ मा रुस छाडेका थिए। त्यसपछि उनले भीके बेचेर २०१७ मा टेलिग्राम स्थापना गरे र दुबईमा बस्न थाले।
रुसी र फ्रान्सेली मिडियाले उनले सन् २०२१ मा फ्रान्सेली नागरिकता लिएको जनाएका छन्।
–एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
