स्रोत नखुलेको १५ लाखभन्दा बढी भारतीय रुपैयाँसहित भारतीय नागरिक ३४ वर्षीय ललन कुमार र सोही ठाउँ बस्ने २६ वर्षीय मोहन कुमार पक्राउ परेका छन्।
जलेश्वर– महोत्तरीको जलेश्वर नगरपालिका– २ मालिवडामा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको १५ लाखभन्दा बढी भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।
आइतबार बिहान सशस्त्र प्रहरी बल, नेपाल गुल्म जलेश्वरबाट मालिवडा बसपार्क इलाकामा खटिएको सशस्त्र प्रहरी निरीक्षक गान्धरकुमार चौलागाईं नेतृत्वको टोलीले भारतीय सीमा पार गरी नेपाल प्रवेश गरेको वीआर ३१ एके ८८०७ भारतीय नम्बरको अल्टो कार चेकजाँच गर्ने क्रममा उक्त कारमा वैधानिक स्रोत नखुलेको १५ लाख २४ हजार ९०० भारतीय रुपैयाँ फेला पारेको हो।
उक्त रकमसहित कारमा सवार भारतीय नागरिक जिल्ला वैशाली हाजिपुर नगरका ३४ वर्षीय ललन कुमार र सोही ठाउँ बस्ने २६ वर्षीय मोहन कुमार पक्राउ परेका छन्। भारतीय ५००, २०० र १०० दरका नोट हरियो रंगको झोलामा राखी कारको डिक्कीमा लुकाई नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा फेला परेको हो।
उनीहरूलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइने जलसागरस्थित सशस्त्र प्रहरी बल, नेपाल नं ९ गण हेडक्वार्टरका सशस्त्र प्रहरी उपरीक्षक विनोद केसीले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
