केरुङ खोलाले कटान गरेको सडक चिनियाँ पक्षले पुनः निर्माण गरेपछि आइतबार अपराह्नदेखि कैलाश मानसरोवर जाने दर्शनार्थीका लागि आवतजावत खुल्ला भएको छ।
रसुवा– वर्षाका कारण कैलाश मानसरोवर जाने चीन तर्फको भू–भागमा शुक्रबार रातिदेखि अवरुद्ध सडक आइतबारदेखि सञ्चालनमा आएको छ।
केरुङ खोलाले कटान गरेको सडक चिनियाँ पक्षले पुनः निर्माण गरेपछि आइतबार अपराह्नदेखि कैलाश मानसरोवर जाने दर्शनार्थीका लागि आवतजावत खुल्ला भएको सीमा सुरक्षा अधिकारीले जनाएका छन्।
प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार रसुवागढीको मितेरीपुलबाट पाँच किलोमिटर उत्तर चिनियाँ भू–भागअन्तर्गत केरुङ खोलामा आएको बाढीले राजमार्ग कटान गरेपछि रोकिएका सबै यात्रु मितेरीपुलबाट आउजाउ गर्न थालेका छन्।
सडक अवरुद्ध हुँदा कैलाशबाट नेपाल फर्किन लागेका करिब पाँच सय यात्रु केरुङमा र तीर्थ जाँदै गरेका एक सय यात्रु रसुवागढीमा रोकिएका थिए। रोकिएका यात्रु अध्यागमनको प्रक्रिया पुर्याइ गन्तव्यतर्फ जान थालेका प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिए।
रोकिएका यात्रुलाई गन्तव्यमा जान नेपाल प्रहरी र सशस्त्र प्रहरी बल २० नं गुल्म रसुवाले समन्वय गरेको प्रमुख जिल्ला अधिकारी खनालले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
