मेचीनगर–१४ दुहागढीमा तीन वर्षअघि निर्मित एक हजार शय्याको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन बनेको छ।
झापा– मेचीनगर–१४ दुहागढीमा तीन वर्षअघि कोरोनाकालमा निर्मित एक हजार शय्याको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन बनेको छ।
कोरोनाको दोस्रो लहरका बेला नेपाल सरकारले सातै प्रदेशमा एक हजार शय्याको होल्डिङ सेन्टर निर्माण गर्ने क्रममा दुहागढीमा २५ करोडको लागतमा सुविधा सम्पन्न भौतिक संरचना निर्माण गरेको थियो।
चार बिघा क्षेत्रफलमा फैलिएको होल्डिङ सेन्टरमा समान डिजाइनका २२ अत्याधुनिक पक्की भवन छन् भने एक सय शय्यामा अक्सिजन आपूर्ति गर्न सकिने पाइपलाइन समेत जडान गरिएको छ। त्यहाँ २२ वटा शौचालय, १५ वटा डाइनिङ हल, एउटा प्रशासनिक भवन र दुई वटा भान्सा घर निर्माण गरिएका छन् ।
हाल उक्त होल्डिङ सेन्टरको सुरक्षा र रेखदेख नेपाली सेनाको चारआलीस्थित अरिदम गणले गरिरहेको छ। यति धेरै संरचना निर्माण भएर प्रयोगविहीन रहँदै आएकोमा सर्वत्र चिन्ता व्यक्त हुँदै आएको छ।
मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले राज्यले करोडौँ लगानी गरेर बनाएको होल्डिङ सेन्टरलाई उपयोगविहीन नबनाउन सरकारसँग पटक–पटक आग्रह गरेको बताए।
“यस्ता संरचनाहरू प्रयोग नगरी नासिने अवस्थामा पुग्न दिनुहुँदैन,” नगरप्रमुख बुढाथोकीले भने, “यसको उपयोगका बारेमा धेरै कोणबाट सुझाव आएका छन्। लागुऔषधको सुधारगृह बनाउनु पर्छ भन्ने विकल्पमा धेरैको सकारात्मक धारणा छ। जसरी हुन्छ यसको सदुपयोग हुन्छ।”
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव कमल थापाले झापा र मोरङमा रहेको होल्डिङ सेन्टरलाई प्रयोगमा ल्याउने विषयमा छलफल भइरहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
