चितवनमा दर्ता हुने उद्योग तथा व्यावसायिक फार्मभन्दा खारेज हुनेको संख्या बढेको छ।
चितवन– जिल्लामा दर्ता भएर सञ्चालनमा रहेका ८५६ वटा उद्योग तथा व्यावसायिक फार्महरू बन्द भएका छन्। गत आर्थिक वर्षमा उद्योगतर्फ ३७६ र व्यावसायिक फार्मतर्फ ४८० बन्द भएका हुन् ।
उद्योग तथा वाणिज्य कार्यालय चितवनका अनुसार जिल्लामा दर्ता हुने उद्योग तथा व्यावसायिक फार्मभन्दा खारेज हुनेको संख्या बढेको हो। गत आर्थिक वर्षमा यहाँ उद्योगतर्फ ४३९ वटा दर्ता भएका छन् भने व्यावसायिक फर्मतर्फ ४५१ वटा दर्ता भएका छन्।
कार्यालयका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार उद्योगतर्फ खारेज हुनेमा १७७ वटा कृषि तथा वनजन्य उद्योग छन्। यस्तै उत्पादनमूलक उद्योग ८३ वटा, पर्यटनमूलक उद्योग ४२ वटा र सेवामूलक उद्योग ७४ वटा बन्द भएको खनालले जानकारी दिए।
गत आर्थिक वर्षमा दुई हजार १०९ वटा उद्योगहरू नवीकरण गरिएको छ। वाणिज्यतर्फ दुई हजार ६८९ वटा व्यवसाय नवीकरण भएको उनले जानकारी दिए। जिल्लामा हालसम्म १६ हजार ३५० उद्योगको अभिलेख रहेको र २० हजार एक हजार ४१ वटा व्यावसायिक फार्म रहेको छन्।
भरतपुरमा बसाइँसराइ गरी आउनेको चाप बढी
भरतपुर महानगरपालिकामा बसाइँ सरेर आउनेको संख्या बढ्दो पाइएको छ। गत आर्थिक वर्षमा महानगरमा विभिन्न जिल्लाबाट सात हजार ९१२ परिवार बसाइँ सरी आएका छन्। त्यसैगरी दुई हजार ५७६ परिवारले बसाइँसराइ दर्ता गराएको महानगरको तथ्यांक छ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार यहाँबाट बसाइँ सरी अन्यत्र जानका लागि एक हजार २१५ परिवारले दर्ता गराएका छन्। अन्यत्र जाने परिवारको संख्या दुई हजार आठ सय १४ रहेको छ। महानगरको शहरी क्षेत्रमा बसाइँ सरेर घर बनाउनेको संख्या उच्च छ।
जनगणना २०७८ अनुसार महानगरभित्र ३६ हजार ९३९ घरधुरी छ। महानगरमा रहेका घरधुरीमध्ये ३३ हजार ७२५ घरधुरीको व्यक्तिहरू वैदेशिक रोजगारीमा छन्। विशेष गरी गोरखा, लमजुङ, तनहुँ, बागलुङ गुल्मीलगायतका जिल्लासँगै छिमेकी पालिकाबाट समेत बसाइँ सरी आउने गरेको महानगर उपप्रमुख चित्रसेन अधिकारीले बताए।
उनका अनुसार महानगरका वडा नं १०, ११, १२, ७, ८ र ९ वडाका बजार क्षेत्रहरूमा बसाइँ सरेर आउने बढी छन्। कतिपय छिमेकी जिल्लाबाट बसाइँ सरेर आएका परिवार महानगरका ग्रामीण क्षेत्रमा आई कृषि तथा पशुपालन पेसामा समेत संलग्न रहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
