भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत एवं नापी कार्यालयका अभिलेखलाई चुस्तदुरुस्त र वैज्ञानिक बनाउने भएको छ।
काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत एवं नापी कार्यालयका अभिलेखलाई चुस्तदुरुस्त र वैज्ञानिक बनाउने भएको छ।
प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आइतबारको बैठकमा मन्त्रालय अन्तर्गतका मालपोत र नापी कार्यालयका अभिलेखलाई सूचना प्रविधिमा आधारित भएर एकभन्दा बढी स्थानमा अभिलेख भण्डारण गरी सुरक्षित गर्न लागिएको जानकारी गराइएको हो। बैठकमा मन्त्री बलराम अधिकारीले महत्त्वपूर्ण अभिलेख संरक्षणलाई मन्त्रालयले प्राथमिकतामा राखेको जानकारी गराएका थिए।
देशभर रहेका १३२ मालपोत र नापी कार्यालयका लागि जनशक्तिको कमी भएकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ४१ जना कर्मचारी माग गरिएको जानकारी पनि बैठकमा गराइएको थियो।
बैठकमा समिति सभापति कुसुमदेवी थापाले मालपोत र नापीका अभिलेखका बारेमा धेरै गुनासो आउने गरेकाले यसको संरक्षण गर्न आवश्यक काम गर्न मन्त्रालयलाई निर्देशन दिएकी थिइन्।
सांसद वीरबहादुर बलायरले मालपोत र नापी कार्यालयका बारेमा आइरहने गुनासो कम गरिनुपर्नेमा जोड दिए। मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले देशभरका अधिकांश मालपोत र नापी कार्यालय भाडाका घरमा सञ्चालन गर्नुपर्ने भएकाले अभिलेख संरक्षणलगायत काममा समस्या हुने गरेको स्वीकार गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
