शनिबार राति युक्रेनी शहर क्रामातोर्स्कको एक होटलमा आक्रमण भएको थियो, जहाँ इभान्ससहितको टोली समाचार रिपोर्टिङका क्रममा बस्दै आएको थियो।
रुसी मिसाइल आक्रमणमा परेर समाचार एजेन्सी रोयटर्सका सुरक्षा सल्लाहकार बेलायती नागरिक रायन इभान्सको मृत्यु भएको छ।
रोयटर्सले एक विज्ञप्तिमा ३८ वर्षीय पूर्व बेलायती सैनिक इभान्सको मृत्यु भएको आइतबार पुष्टि गरेको हो। शनिबार राति युक्रेनी शहर क्रामातोर्स्कको एक होटलमा आक्रमण भएको थियो, जहाँ इभान्ससहितको टोली समाचार रिपोर्टिङका क्रममा बस्दै आएको थियो।
यस आक्रमणमा परेर रोयटर्सका अन्य दुई पत्रकार घाइते भएका छन्। जसमध्ये एकको अवस्था गम्भीर छ र उनको अस्पतालमा उपचार भइरहेको छ। टोलीका अन्य तीन सदस्य भने सकुशल रहेका विज्ञप्तिमा उल्लेख छ।
इभान्सले सन् २०२२ देखि रोयटर्ससँग काम गर्दै आएका थिए। उनले युक्रेन, इजरायल र पेरिस ओलम्पिकमा समेत विश्वभरका रोयटर्ससँग आबद्ध पत्रकारहरूलाई सुरक्षाबारे सल्लाह दिइरहेका थिए। ठूला समाचार एजेन्सीहरूले युद्ध क्षेत्रमा काम गर्ने आफ्ना पत्रकारकाे सुरक्षाका लागि भूतपूर्व सैनिक तथा युद्ध जानकारहरूलाई सुरक्षा सल्लाहाकारका रूपमा राख्ने गर्छन्।
“हामी रायनको परिवार र प्रियजनहरूलाई गहिरो संवेदना व्यक्त गर्दछौँ। रायनले हाम्रा धेरै पत्रकारहरूलाई संसारभरका घटनाहरू कभर गर्न मद्दत गरेका छन्, हामी उनलाई निकै याद गर्नेछौँ,” रोयटर्सले भनेको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले होटललाई रुसी इस्कन्डर मिसाइलले प्रहार गरेको बताएका छन्। जुन ब्यालेस्टिक मिसाइलले ५०० किलोमिटर टाढासम्म प्रहार गर्न सक्छ।
“रुसी इस्कान्डरले एक साधारण शहरको होटल ध्वस्त पारेको छ,” जेलेन्स्कीले आइतबार साँझको आफ्नो सम्बोधनमा भने, “यो हमला पूर्णतया उद्देश्यपूर्ण थियो, मृतकका परिवारजनमा मेरो गहिरो समवेदना।”
युक्रेनी अधिकारीहरूले शनिबार राति १०ः३५ बजे होटलमा आक्रमण भएको र यस आक्रमणले छेउको भवनलाई पनि क्षति पुर्याएको बताएका छन्।
क्रामातोर्स्क पूर्वी डोनेट्स्क क्षेत्रमा युक्रेनी नियन्त्रणमा रहेको अन्तिम प्रमुख शहर हो। युद्ध राहतकर्मी तथा विदेशी पत्रकारहरूले बस्नका लागि यही शहर रोज्ने गर्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
