पर्साको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेपछि आर्थिक वर्ष (आव) २०८१/८२ मा पाँच अर्ब लक्ष्य घटाइएको छ।
वीरगन्ज– पर्साको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेपछि आर्थिक वर्ष (आव) २०८१/८२ मा पाँच अर्ब लक्ष्य घटाइएको छ। कार्यालयले विगत दुई वर्षदेखि लक्ष्यानुसारको राजस्व संकलन गर्न नसकेपछि भन्सार विभागले गत आवको तुलनामा चालु आवमा पाँच अर्बले लक्ष्य घटाएको हो।
भन्सार विभागले सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई चालु आवमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिदिएको छ। सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनवहादुर बरुवालले भन्सार विभागले कार्यालयलाई चालु आवमा ६० अर्ब चार करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको बताए।
“कार्यालयले गत आवमा लक्ष्यको ७१.७५ प्रतिशत राजस्व असुली गरेको थियो। आव २०७९/८० को तुलनामा आव २०८०/८१ म पाँच अर्ब रुपैयाँभन्दा धेरै राजस्व संकलन गर्न सकिएको थियो,” उनले भने, “गत आवमा लक्ष्यानुसारको राजस्व संकलन हुन भने सकेन।”
भन्सार विभागले आव २०८०/८१ मा कार्यालयलाई ६५ अर्ब ९४ करोड एक लाख २२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो। तर कार्यालयले सो अवधिमा लक्ष्यको लक्ष्यको ७१.७५ प्रतिशत अर्थात् ४७ अर्ब ३१ करोड एक लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। विभागले कार्यालयलाई आव २०७९/८० मा पनि ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिदिएको थियो। तर कार्यालयले सो आवमा पनि लक्ष्यको ६२.८८ प्रतिशत अर्थात् रु ४२ अर्ब ४० लाख २२ हजार ९३ रकम राजस्व संकलन गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
