साफ यु२० : उपाधिका लागि नेपाल र बांग्लादेश भिड्ने

भारतलाई पराजित गर्दै बांग्लादेशले साफ यु२० च्याम्पियनसिपको फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ।

काठमाडौँ– भारतलाई पराजित गर्दै बांग्लादेश नेपाल साफ यु२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। अब उपाधिका लागि बांग्लादेशले नेपालको सामना गर्ने छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो सेमिफाइनलमा खेलमा बांग्लादेशले ‘टाइब्रेकर’मा भारतलाई ४–३ गोल अन्तरले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो।

निर्धारित समयमा दुवै टोलीबीच १-१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा बांग्लादेशका गोलकिपरले भारतीय दुई खेलाडीको प्रहार रोकेर टोलीलाई फाइनलमा पुर्‍याएका हुन्।

यसअघि नेपालले पनि ट्राइब्रेकरमा भुटानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।नेपाल र बांग्लादेशबीचको फाइनल खेल बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय छ।