सम्मान कार्यक्रममा बोल्दै वरिष्ठ गीतकार राजेन्द्र थापाले नारायणगोपालको स्वरमा भएको मिठासका बारेमा अध्ययन हुन जरुरी रहेको बताए।
काठमाडौँ– वरिष्ठ गीतकार राजेन्द्र थापा र संगीतकार प्रकाश गुरुङलाई सम्मान गरिएको छ। स्वरसम्राट नारायण गोपालको ३२ औँ पुण्य स्मृतिका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमबीच अग्रज श्रष्टाद्वय थापा र गुरुङलाई नारायणगोपाल स्मृति सम्मान एवं पुरस्कार प्रदान गरिएको हो।
सम्मान कार्यक्रममा बोल्दै वरिष्ठ गीतकार राजेन्द्र थापाले नारायणगोपालको स्वरमा भएको मिठासका बारेमा अध्ययन हुन जरुरी रहेको बताए। उनले नारायणगोपालको सालिक, प्रतिष्ठान एउटा नाममा मात्रै सीमित नभई समग्र गीत/संगीत नै समाविष्ट रहेको प्रतिमूर्तिका रूपमा चित्रण गरे। उनले नारायणगोपालले ३० को दशकमा आफूलाई राजेन्द्र थापाको 'फ्यान हुँ' भनेर दिएको सम्मान नै आफ्ना लागि सबैभन्दा ठूलो सम्मान भएको बताए।
कार्यक्रममा वरिष्ठ संगीतकार प्रकाश गुरुङले नारायणगोपालले गीत गाउँदा घर नै गुञ्जायमान हुने र शरीरबाट पनि मधुरो आवाज निस्किने भन्दै प्रशंसा गरे। उनले आफूले देखेका अहिलेसम्मका गायक गायिकामा त्यो किसिमको कला नपाएको सुनाए।
स्वरसम्राट नारायणगोपालको ३२औँ पुण्य स्मृति देशभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
