नेपालगन्ज म्याराथनको ‘प्रि–इभेन्ट’मा १० किमी रात्रिदौड

क्रियटिभ ह्यान्डस्ले नेपालगन्ज म्याराथनको १०औँ संस्करणका अन्य १० इभेन्टसँगै रात्रिदौड पनि आयोजना गर्न लागेको जनाएको छ। 

काठमाडौँ– नेपालगन्ज म्याराथनको १०औँ संस्करणको प्रि–इभेन्टका रूपमा ‘नेपालगन्ज १० किमी रात्रिदौड’ आयोजना हुने भएको छ। नेपालगन्ज रात्रिदौड आउँदो संविधान दिवसको दिन असोज ३ गते बिहीबार राति हुन लागेको हो। 

नेपालगन्ज म्याराथनको आयोजक क्रियटिभ ह्यान्डस्ले धारा नेपालगन्ज म्याराथनको १०औँ संस्करणलाई भव्य बनाउन अन्य १० इभेन्टसँगै रात्रिदौड पनि आयोजना गर्न लागेको जनाएको छ। 

कियटिभ ह्यान्डस्का अनुसार राति ९ बजे स्थानीय बीपी चोकबाट दौड शुरू हुनेछ। एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)बाट प्रमाणीकरण रुटमा रात्रिकालीन दौड सञ्चालन हुने छ।

धारा नेपालगन्ज म्याराथन आउँदो मंसिर २२ हुँदै छ भने १ भदौदेखि खेलाडी दर्तासमेत खुलिसकेको आयोजकको भनाइ छ।