भारतीय उत्पादनलाई ‘शतप्रतिशत शुद्ध न्युजिल्यान्ड’को भनी बेच्ने डेरी कम्पनीलाई साढे २ लाख डलर जरिबाना
न्युजिल्यान्डको वाणिज्य आयोगले भारतबाट आयातित दुग्ध सामग्री बेच्ने तर आफ्नो उत्पादन ‘शतप्रतिशत शुद्ध न्युजिल्यान्ड’को हो भनी झूटो दाबी गर्ने कम्पनीलाई साढे दुई लाख डलर जरिबाना तिराएको छ।
‘शतप्रतिशत शुद्ध स्वदेशी’ डेरी उत्पादन भनी झूटो दाबी गरी कारोबार गरेको पाइएपछि न्युजिल्यान्डको एक डेरी कम्पनी कारबाहीमा परेको छ।
भारतबाट आयातित नौनी घ्यू बेच्ने तर आफ्नो उत्पादन ‘शतप्रतिशत शुद्ध न्युजिल्यान्ड’को भएको झूटो दाबी गरेको पाइएपछि सरकारले डेरी कम्पनीलाई जरिबाना तिराएको हो।
न्युजिल्यान्डको वाणिज्य आयोगले डेरी कम्पनी मिल्कियो फुड्सलाई आफ्नो नौनी घ्यू उत्पत्तिका बारेमा झूटो दाबी गरेको आरोपमा सोमबार दुई लाख ६१ हजार ४५२ अमेरिकी डलर जरिबाना गरेको छ।
ह्यामिल्टनस्थित उक्त कम्पनीले भारतबाट घ्यू तथा दूधजन्य सामान आयात गर्ने र ‘शतप्रतिशत शुद्ध न्युजिल्यान्ड’ डेरी उत्पादनजस्ता दाबीसाथ ग्राहकलाई आफ्नो घ्यू उत्पादनबारे झूट्टा प्रचार गरी भ्रममा पारेको वाणिज्य आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
न्युजिल्यान्डको कृषि–सञ्चालित उद्योगले उच्च गुणस्तरको डेरी निर्यातमा गर्व गर्दछन्। विदेशी ग्राहक यहाँ उत्पादन हुने दूध र मक्खन किन्नका लागि लालायित हुने गर्छन्।
“मिल्कियोले न्युजील्यान्डमा निर्मित उत्पादन पहिचान गर्न विश्वसनीय प्रतीक (फर्नमार्क लोगो)को प्रतिष्ठाको फाइदा उठाउँदै अन्य उत्पादनलाई बढवा दिएको पाइएपछि जरिबाना गरिएको हो,” वाणिज्य आयोगका प्रवक्ता भेनेसा होर्नको भनाइ छ।
विभागका अनुसार कम्पनीले ‘फर्नमार्क लोगो’ प्रयोगको स्वीकृतिका लागि पनि गलत र अपूर्ण जानकारी दिएको थियो।
मिल्कियोले न्युजिल्यान्डको शुद्ध व्यवसाय ऐन (फेयर ट्रेडिङ एक्ट) को धारा १५ उल्लंघनका साथै उचित अनुमतिबिना फर्नमार्क लोगो र लाइसेन्स नम्बर प्रयोग गरेको स्वीकारेको विभागले जनाएको छ।
यो जरिबानाले न्युजिल्यान्ड ब्रान्डलाई झूटो दाबी गर्न खोज्ने अरूका लागि चेतावनीको रूपमा काम गर्ने प्रवक्ता होर्नको विश्वास छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
