पहिरोका कारण सोमबार दिउँसोदेखि हेटौँडा–काठमाडौँ जोड्ने दुई वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।
बागमती– वर्षासँगै खसेको पहिरोका कारण सोमबार दिउँसोदेखि हेटौँडा–काठमाडौँ जोड्ने दुई वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ रामचन्द्र भन्ज्याङस्थित सिस्नेरी कुलेखानी फर्पिङ काठमाडौँ सडकखण्डमा वर्षाका कारण लेदो खसेर बाटो पूर्ण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
कान्तिलोकपथस्थित मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटार सडकखण्डमा पनि वर्षासँगै खसेको लेदोसहितको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। अवरुद्ध भएका दुवै सडकमा पहिरो हटाउने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
