कोशी, बागमती र लुम्बिनीमा भारी वर्षाको सम्भावना

देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिण र पूर्वतिर सरदर स्थान आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

जसका कारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र लुम्बिनीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। 

यसैगरी, राति कोशी, बागमती, कर्णाली र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।