उद्योगबाट उत्पादित प्रांगारिक मल मलिलो र राम्रो हुने भएकाले पहिलो चरणमा नगरपालिकाभित्रकै कृषकलाई अनुदानमा वितरण गर्ने भनिएको थियो।
खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित ओखरबोटेमा प्रांगारिक मल तथा बायोग्यास उद्योग स्थापना भएको चार वर्ष पुगेको छ। प्रदेशका तक्कालीन मुख्यमन्त्री शेरधन राईले २०७७ चैतमा उद्घाटन गरेको उद्योग ४ करोड ५६ लाख रुपैयाँमा निर्माण भएको हो।
रासायनिक मल प्रयोग हुँदै आएको नगरपालिकालाई अर्ग्यानिक नगर बनाउने अभियानमा स्वतःस्फूर्त लागेका नगरवासी आफ्नै ठाउँमा प्रांगारिक मल उद्योग सञ्चालन भएपछि हर्षित बनेका थिए। प्रतिघण्टा एक हजार केजी मल उत्पादन गर्न सकिने क्षमताको प्रांगारिक मल उद्योग तथा गोबरग्यास उत्पादन गर्ने र त्यसलाई सीएनजी ग्याँसमा परिवर्तन गरेर एलपी ग्याँसकै रूपमा सिलिन्डर भरेर उपभोक्तालाई वितरण गर्नेगरी स्थापना गरिएको बायोग्याँस प्लान्ट अहिले अलपत्र छ।
राज्यको करोडौँ लगानीमा स्थापना गरिएको दुई उद्योग उद्घाटन गरेको लामो समयसम्म नगरपालिकाले सञ्चालनमा ल्याउन सकेको छैन। यसको अहिले चौतर्फी आलोचना हुने गरेको छ।
गाउँमा प्रांगारिक मल उद्योग तथा बायोग्यास प्लान्ट स्थापना हुने भएपछि आफूले ६ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको तत्कालीन नगर कार्यपालिका सदस्य गंगाबहादुर विश्वकर्माले बताए।
“उद्योगबाट उत्पादन भएको मललाई नगरपालिकाकै अगुवाइमा थोकमार्फत बिक्री तथा वितरण गर्ने लक्ष्य राखिएको थियो। अहिलेसम्म सञ्चालनमा ल्याउने कुनै तयारी छैन,” उनले भने, “उद्योगमा राज्यको ठूलो लगानीमा फसेको छ। यसलाई तत्काल सञ्चालनमा नल्याएको खण्डमा त्यो लगानी खेर जानेवाला छ।”
उद्योगबाट उत्पादित प्रांगारिक मल मलिलो र राम्रो हुने भएकाले पहिलो चरणमा नगरपालिकाभित्रकै कृषकलाई अनुदानमा वितरण गर्ने भनिएको थियो। तीन हजार ५०० घनमिटर क्षमताको अन्डरग्राउन्ड डुम (ट्यांकी) मा कच्चापदार्थ हालेर गोबरग्यास उत्पादन गर्ने र त्यसलाई सीएनजी ग्याँसमा परिवर्तन गरेर एलपी ग्याँसकै रूपमा सिलिन्डर भरेर उपभोक्तालाई वितरण गर्ने लक्ष्य राखिएको थियो।
दिक्तेल बजारका शौचालयको ट्यांकीमा रहेका दिसापिसाबलाई सक्सन मेसिनले तानेर बायोग्याँस प्लान्टमा लैजाने नगरपालिकाको तयारी थियो। आवश्यक गोबर र स्याउलाका लागि कम्पोस्ट मल उद्योग र बायोग्यास प्लान्ट रहेको स्थानभन्दा केहीमाथि सुधारिएको गोठमा भैँसी पालनसमेत गरिएको थियो।
नगरपालिकाले उद्योगमा स्थानीय चार युवालाई पूर्णकालीन तथा २५ जनालाई अल्पकालीन रूपमा रोजगारीसमेत दिएको थियो। लामो समयसम्म बिना काम जागिर खाएका ती कर्मचारी तथा गोठमा बाँधिएका भैँसी अहिले उद्योगमा छैनन्।
कर्मचारीका लागि कति रकम भुक्तानी दिइयो भन्ने नगरपालिकासँग यकिन तथ्यांक छैन। मलमूत्रका लागि दुई लाखमा खरिद गरिएका तीन भैँसीमध्ये एउटा मरेको र दुई वटा ९० हजारमा लिलाम गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकालाई पाँच वर्षभित्र पूर्ण अर्ग्यानिक बनाउने तयारी स्वरूप प्रांगारिक मल उद्योग स्थापना गरिएको तत्कालीन नगरप्रमुख रिजालले बताएका थिए। अघिल्लो स्थानीय सरकारले दीर्घकालीन कार्ययोजना नबनाई विभिन्न संरचना निर्माण गरेकाले यस्तो अवस्था आएको वर्तमान नगरप्रमुख तीर्थराज भट्टराईको दाबी छ। उद्योग परिसरमै निर्माण निर्माण गरिएका पोखरी र हाइटेक ग्रिन हाउस पनि अलपत्र अवस्थामा छ।
प्रांगारिक मल उद्योगका लागि खरिद गरिएको एउटा सक्सन मेसिन, दुईवटा ट्याक्टर र एउटा गाडी भने नगरपालिकाले उपयोग गरिरहेको छ। बनेका संरचना व्यवस्थित गरेर सञ्चालन गर्न नसक्नुले वर्तमान जनप्रतिनिधिको कार्यक्षमताप्रति प्रश्नचिन्ह खडा भएको नगरवासीको गुनासो छ।
मल उत्पादनका लागि आवश्यक कच्चापदार्थका लागि भैँसी खरिद, उद्योगको कम्पाउन्डमा गार्डेनिङका लागि विभिन्न किसिमका फूलका बिरुवा तथा सजावटका सामग्रीमा पनि खर्च भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
