फिजियोथेरापिस्ट ऋषभ गौतम स्वास्थ्य अनुकूल हुने गरी मर्निङ वाक, जगिङ, व्यायाम गरे जटिल बन्दै गएका मधुमेह, रक्तचाप, मुटु रोगबाट टाढा रहन सकिने बताउँछन्।
मोरङ– विराटनगर र आसपास मंसिर शुरू भएयता बिहानीपख चिसो ह्वात्तै बढेर गएको छ। चिसो मौसममा कतिपय व्यक्ति न्यानो सिरक छाड्न मान्दैनन्। अबेरसम्म सुत्ने र उठेपछि चिया वा कफीको चुस्कीको साथमा पत्रिका पढ्ने इच्छा हुन्छ। तर, आफ्नो शरीरको स्वास्थ्यप्रति सजग र सतर्क व्यक्ति पनि छन् जो एकाबिहानै मर्निङ वाकमा निस्कने गरेका छन्।
आफ्नो नियमित मर्निङ वाकलाई न त वर्षाले रोक्यो न त घामले नै रोक्यो। विराटनगरमा मर्निङ वाकको क्रेजलाई बढ्दो चिसोले पनि रोक्न सकेको छैन। विराटनगर–१ का द्वारिका रायमाझीले मर्निङ वाक थालेको पनि वर्षौँ भइसक्यो। उनी नियमित एकाबिहानै मर्निङ वाकका लागि सडकमा निस्कने गर्छन्। उच्च रक्तचापको समस्या देखिएपछि रायमाझीले चिकित्सकको सल्लाहमा मर्निङ वाक थालेका हुन्। मर्निङ वाकपछि रायमाझीले आफूलाई तन्दुरुस्त र फुर्तिलो भएको महसुस गरेका छन्। "पहिला म अल्छी गर्थें। कुनै काम गर्न मन लाग्दैन थियो । डाक्टरको सल्लाहपछि मर्निङ वाक गर्न थालेपछि जोस र जाँगर बढेको छ”, उनले भने।
रायमाझीलाई मर्निङ वाकमा साथ दिने जनार्दन थापाले शरीरलाई ‘फिट’ राख्न नियमित हिँड्ने गरेको बताए। उनले आधा घण्टा जति पसिना बगाएरै हिँड्दा आफूलाई फाइदा पुगेको बताए। जस्तोसुकै परिस्थितिमा पनि अपर्णा धनावत दैनिक ५० मिनेट मर्निङ वाक गर्छिन्। आफ्नो स्वास्थ्यप्रति सजग धनावतले विगत १० वर्षदेखि मर्निङ वाक गर्दै आएकी छन्। वास्तविक उमेरभन्दा कम देखिनु धनावतको राज नै मर्निङ वाक हो। उनले मर्निङ वाकले सम्पूर्ण मांसपेशीको व्यायाम हुने अनि मानसिक र शारीरिक थकान मेट्ने बताइन्।
सिक्किम मणिपाल कलेजमा इन्टर्न गरिरहेका फिजियोथेरापिस्ट ऋषभ गौतमले मर्निङ वाकले शरीरलाई सन्तुलनमा राख्न मद्दत गर्ने बताए। उनले मर्निङ वाकको नाममा धपेडी हुने गरी कुद्ने र हिँड्ने गर्नाले शरीरलाई फाइदाभन्दा बेफाइदा हुने बताए। गौतम स्वास्थ्य अनुकूल हुने गरी मर्निङ वाक, जगिङ, व्यायाम गरे जटिल बन्दै गएका मधुमेह, रक्तचाप, मुटु रोगबाट टाढा रहन सकिने बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
