कास्कीको अन्नपूर्ण गाउँपालिका–९, तिखेढुंगाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास र मोलास जुन्का मेसी सम्पर्कविहीन भएका हुन्।
पोखरा– चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन्।
कास्कीको अन्नपूर्ण गाउँपालिका–९, तिखेढुंगाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास र मोलास जुन्का मेसी सम्पर्कविहीन भएका हुन्।
उनीहरूलाई भुरुंग्दी खोलाको पुलमुनि रहेको पुरानो बाटोबाट हिँड्ने क्रममा खोलाले बगाएको हुन सक्ने गाउँपालिका प्रवक्ता भरतराम गुरुङले बताए।
उनीहरू आइतबार बिरेठाँटीस्थित अन्नपूर्ण संरक्षण क्षेत्रको चेकपोस्टमा नाम टिपाएर उल्लेरीतर्फ लागेका थिए। सोमबार दिनभर खोजी गरिए पनि फेला पार्न नसकिएको प्रवक्ता गुरुङको भनाइ छ।
खोजीका लागि मंगलबार गोताखोर परिचालन गर्ने तयारी भइरहेको छ। गोताखोरको टोलीले खोलामा खोजी गर्नेछ। पर्यटक हराएको जानकारी दूतावासलाई गराइएको प्रवक्ता गुरुङले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
