संघीय र स्थानीय तहबाट बाँडफाँट हुने मूल्य अभिवृद्धि कर, आय कर, प्राकृतिक स्रोत उत्खनन दस्तुर, मालपोतलगायत राजस्व संकलनमा आएको कमी र आर्थिक मन्दीका कारण राजस्वमा कमी आएको बताइएको छ।
बागमती– बागमती प्रदेशमा लक्ष्यभन्दा नौ अर्ब रुपैयाँ कम राजस्व संकलन भएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८०/८१ मा लक्ष्यभन्दा नौ अर्ब तीन करोड ३१ लाख कम राजस्व संकलन भएको हो।
प्रदेश सरकारले आव २०८०/८१ मा राजस्व बाँडफाँट शीर्षकबाट प्राप्त राजस्व, प्रदेश सरकारको आन्तरिक स्रोतबाट संकलित राजस्व र संघीय सरकारबाट प्राप्त अनुदान समेतबाट ४८ अर्ब २५ करोड ४३ लाख राजस्व संकलन हुने अनुमान गरेको थियो। तीन सबै शीर्षकबाट ३९ अर्ब २२ करोड १२ लाख ४७ हजार मात्र राजस्व संकलन भएको मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिए।
उनका अनुसार प्रदेश सरकारले सो आवमा राजस्व बाँडफाँटबाट २६ अर्ब ६८ करोड ६८ लाख संकलन हुने लक्ष्य लिएकोमा २१ अर्ब ८४ करोड २२ लाख मात्र राजस्व संकलन भएको छ।
यस्तै प्रदेश सरकारको आन्तरिक स्रोतबाट तीन अर्ब ७५ करोड ५२ लाख राजस्व संकलनको लक्ष्य रहेको थियो। जसमा तीन अर्ब ६६ करोड २० लाख २० हजार राजस्व मात्र संकलन भएको सूचना अधिकारी पौडेलले बताए। संघीय सरकारबाट १७ अर्ब ८१ करोड २३ लाख अनुदान प्राप्त हुने अनुमान गरिएकोमा १३ अर्ब ७१ करोड ७० लाख प्राप्त भएको छ ।
गत आव २०७९/८० मा पनि प्रदेश सरकारले अनुमान गरेभन्दा १७ प्रतिशत कम राजस्व संकलन भएको थियो। ५५ अर्ब ३१ करोड राजस्व अनुमान गरेकोमा ४५ अर्ब ८८ करोड संकलन गरेको थियो।
प्रदेश सरकारले आव २०७९/८० मा विभिन्न आयस्रोत र गत वर्षको नगद मौज्दातसहित ७० अर्ब ९३ करोड प्राप्त हुने अनुमान गरेकोमा ७७ अर्ब ८२ करोड रुपैयाँ संकलन गरेको थियो। संघीय र स्थानीय तहबाट बाँडफाँट हुने मूल्य अभिवृद्धि कर, आय कर, प्राकृतिक स्रोत उत्खनन दस्तुर, मालपोत लगायतका राजस्व संकलनमा आएको कमी र आर्थिक मन्दीका कारण संघीय सरकारले केही कार्यक्रम कटौती गर्नु जस्ता कारणले राजस्वमा कमी आएको प्रमुख उपाध्यायको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
