३४ तोला सुन र १० किलोसहित नेपालगन्जबाट ४ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले ३४ तोला सुन, साढे १० किलो चाँदी, एउटा गाडी र चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए। 

नेपालगन्ज– नेपालगन्ज रहेको एउटा पसलबाट ठूलो मात्रामा सुनचाँदीसहित चार जनालाई नियन्त्रणमा लिइएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले ३४ तोला सुन, साढे १० किलो चाँदी, एउटा गाडी र चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए। 

उनका अनुसार बरामद भएको सुनचाँदी पसलका सञ्चालक फरार रहेका छन्। बरामद सामानको मूल्य, गुणस्तर तथा वैधताका विषयमा अनुसन्धान भइरहेकाले पसलको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ। 

गोप्य सूचनाका आधारमा पसल सञ्चालकलाई बाटोमा केरकार गर्दा सो परिमाणमा सामान भेटिएको प्रहरीले जनाएको छ। ती व्यापारीले नेपालगन्जबाट सामान किनेको बताएको र  बिक्री गर्ने कालिगडकहाँ पुग्दा उनी भागेको डीएसपी डाँगीले बताए।