मंगलबार नेप्से परिसूचक ३.८६ प्रतिशतले घटेको छ भने १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
काठमाडौँ– शेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ। मंगलबार नेप्से परिसूचक १११.९६ अंकले घटेर २७८२.६० को विन्दुमा कायम भएको हो। ३.८६ प्रतिशतले घटेको शेयर बजारमा कारोबार रकम पनि १८ अर्ब ६४ करोडमा सीमित भएको छ।
मंगलबारको कारोबारमा २२३ कम्पनीको शेयर मूल्य घट्दा २० वटाको मात्रै बढेको छ। एउटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो। कुल ३३० कम्पनीको चार करोड ३८ लाख ६८ हजार ९७० कित्ता शेयर दुई लाख ३४ हजार ३६० पटक किनबेच हुँदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १७० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
मंगलबारको कारोबारमा होटल तथा पर्यटन उपसमूहबाहेक सबैको सूचक घटेको छ। होटल तथा पर्यटन समूह ०.४३ प्रतिशतले बढेको हो। बैंकिङ समूहको सर्वाधिक ४.९२ प्रतिशतले घटेको छ। त्यस्तै, वित्त समूह ४.६९, विकास बैंक ४.१८र लगानी समूह ४.१३ प्रतिशतले घटेको छ।
मंगलबारको कारोबारमा तारागाउँ रेजेन्सी होटल, आत्मनिर्भर लघुवित्त, दोल्ती पावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। त्यस्तै, नेपाल फाइनान्सको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।
रिडी पावर ८.५८, नेसनल हाइड्रो पावर ७.६७, शिव श्री हाइड्रो पावरका लगानीकर्ताले ७.४८ प्रतिशतले गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
