अवैधरूपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट ब्राजिलसहित दक्षिण अमेरिकी मुलुकहरूमा जाने प्रवृत्ति बढ्दो छ।
काठमाडौँ– ब्राजिलको साउ पावलो विमानस्थलको ट्रान्जिट क्षेत्रमा १७६ जना नेपाली अलपत्र परेको नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार नेपालीसहित विभिन्न देशका ७०० जना विमानस्थलमा रोकिएका छन्।
दूतावासले मंगलबार एक विज्ञप्ति जारी गर्दै त्यसरी विमानस्थलमा फसेका नेपालीहरूको अवस्था सकुशल रहेको जानकारी दिएको छ। साथै आवश्यकताअनुसार सहायताका लागि आफूहरू तयारी अवस्थामा रहेकोसमेत जनाएको छ।
दूतावासका अनुसार अवैधरूपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट ब्राजिलसहित दक्षिण अमेरिकी मुलुकहरूमा जाने प्रवृत्ति बढ्दो छ। विभिन्न प्रलोभन र उक्साहटमा परेर नेपालीहरू पनि समस्यामा पर्ने गरेका छन्।
"संगठित रूपमा सञ्चालित मानव तस्करहरूको प्रलोभन र उक्साहटमा परी नेपालबाट समेत युवाहरू यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको छ। कयौँले अकल्पनीय पीडा बेहोर्नुका साथै ठूलो धनराशी खर्च गर्नुपर्ने परिस्थितमा फस्न पुगेको पाइएको छ," दूतावासले विज्ञप्तिमा भनेको छ।
यसैबीच ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपाललगायत केही देशका राहदानीबाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ। अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने, र त्यसरी नगएमा सोही विमानमार्फत् फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको दूतावासले विज्ञप्तिमार्फत जानकारी गराएको छ।
मानव तस्करहरूको सञ्जाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने भन्दै जायज कारण भएमा पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिएर मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य देशको भ्रमणमा निस्कनसमेत अनुरोध गरेको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
