मनसुनी वर्षाका कारण गएको जेठ २८ गतेयता विपद् घटनाबाट ६ हजार ४९ घरपरिवार विस्थापित भएका प्रहरीले जनाएको छ।
काठमाडौँ– मनसुनी वर्षाका कारण गएको जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद् परी मंगलबार दिउँसोसम्म २०८ जनाको मृत्यु भएको छ।
बाढी, पहिरोलगायत विपद् परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २९, मधेश प्रदेशमा आठ, बागमती प्रदेशमा ४५, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी जम्मा २०८ जनाको मृत्यु भएको हो।
साथै काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ४२, मधेश १२, बागमतीमा ३१, गण्डकीमा ४७, लुम्बिनीमा २५, कर्णालीमा ६७ र सुदूरपश्चिम प्रदेशमा ३६ जना गरी २७१ जना घाइते भएका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
काठमाडौँ उपत्यकामा ३३ जना, कोशी प्रदेशमा ४९, बागमतीमा १२, गण्डकीमा १४, लुम्बिनीमा चार, कर्णालीमा दुई र सुदूरपश्चिम प्रदेशमा एक सय एक जना गरी जम्मा दुई सय १५ जनाको उद्धार गरिएको छ।
बाढीपहिरोमा परी कोशी प्रदेशमा तीन, मधेश एक, बागमतीमा ४४, गण्डकीमा दुई, लुम्बिनीमा एक, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ५३ जना बेपत्ता भएका छन्। बाढीको कारण जम्मा ४०८ घर डुबानमा परेका छन्।
३६४ वटा घर, १२६ गोठ, ५२ पुल, ६ वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ९७२ वटा पशु चौपायाको मृत्यु भएको छ। उक्त अवधिमा विपद् घटनाबाट ६ हजार ४९ घरपरिवार विस्थापित भएका प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
