थासाङ गाउँपालिका–२ का वडा अध्यक्ष गौतम शेरचनले हिउँपहिरोले बोक्सीखोला पूर्ण रूपमा थुनिएको बताए।
म्याग्दी– धौलागिरि हिमशृंखलाको मानापाथी हिमालबाट मंगलबार साँझ पुनः हिउँपहिरो खसेको छ।
मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही भदौ ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो। थासाङ गाउँपालिका–२ का वडा अध्यक्षसमेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवत्ता गौतम शेरचनले हिउँपहिरोले बोक्सीखोला पूर्ण रूपमा थुनिएको बताए।
“यसअघिको पहिरो मूलखर्क क्षेत्रमा थुप्रिएको थियो, आजको हिउँपहिरो बोक्सीखोलाको नजिकै धेरै तलसम्म आएको छ,” उनले भने, “हिउँपहिरोले बोक्सीखोला पूर्ण रूपमा थुनिएकाले सतर्कता अपनाइएको छ।”
बोक्सीखोला कालीगण्डकीको सहायक नदी हो। मंगलबार साँझ ५ः४५ तिर हिउँपहिरो खसेको थियो। आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सीखोलामा पर्दछ।
यसअघि विसं २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले १५० भन्दाबढी चौँरीगाई मरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
