मुस्ताङ तथा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई पहिरोका कारण जोखिम र सास्ती भएको छ।
म्याग्दी– चीन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिरुबारी क्षेत्रको पहिरोले दुर्घटनाको जोखिम बढेको छ। कालीगण्डकी किनारको पाखोमा निर्माण भएको सडकमा खस्ने पहिरोका कारण नियमित यातायात सञ्चालन प्रभावित भएको छ।
स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम–सडक आयोजनाका सब इन्जिनियर सोहनजङ कार्कीले गत वर्षदेखि सृजना भएको सिरुबारीको पहिरोले दुःख दिइरहेको बताए। “करिब एक किलोमिटरमाथिको पाखो बगेको छ,” उनले भने “खसेको पहिरो पन्छाउँदै सावधानी अपनाएर यातायात सञ्चालन गरिएको छ।” आकाशबाट पानी पर्नेबित्तिकै पाखोबाट ढुंगा, लेदो र गेगरसहितको पहिरो खसेर सडकमा थुप्रिन्छ। हिलोमा सवारीसाधन फस्ने, गुडिरहेका सवारीमाथि ढुंगा खस्ने, यात्रीलाई चोटपटक लाग्ने जोखिम छ।
यही भदौ ४ गते पोखराबाट जोमसोमतर्फ जाँदै गरेको ग१ख ७७१७ नम्बरको बस सिरुबारीको पहिरोमा गुडिरहेको अवस्थामा ठूलो ढुंगा खसेर च्यापिदा दुईजना घाइते भएका थिए। पहिरोले सयौँ रोपनी खेतीयोग्य जमिन र जंगल नष्ट भएको छ।
सवारी चालक तम परियारले त्रासैत्रासमा गाडीलाई पहिरो पार गर्नुपर्ने बाध्यता रहेको बताए। सिरुबारी क्षेत्रमा करिब ५०० मिटर सडक पहिरोले छियाछिया बनाएको छ। मुस्ताङ जिल्ला, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई पहिरोका कारण जोखिम र सास्ती भएको छ।
सिरुबारी, महभिर, बैसरी, गुइँठेभिरलगायत ठाउँमा पहिरोको उच्च जोखिम भएकाले रातको समयमा यात्रा नगर्न र सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी–जोमसोम–कोरला सडक आयोजनाले अपिल गरेका छन्। ती ठाउँमा खस्ने पहिरो पन्छाएर यातायात सञ्चालन गर्न सडक विभागको डोजर, लोडर, ब्याकुहोलोडर तयारी अवस्थामा राखिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुवकुमार झाले बताए।
पहिरो, कटान र बाढीको जोखिम भएको ठाउँमा दीर्घकालीन समाधानका लागि अध्ययन गरेर भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा योजना माग गरिएको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
