सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ५३ हजार १०० पुग्यो

बुधबारका लागि सुनको मूल्य तोलाको १ लाख ५३ हजार १०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ। 

बुधबारका लागि सुनको मूल्य तोलाको १ लाख ५३ हजार १०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

मंगलबार प्रतितोला १ लाख ५२ हजार ३०० थियो। यसअघि सुन भदौ ५ गते तोलामा १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएर उच्च मूल्यको रेकर्ड बनाएको थियो । सो रेकर्ड एक सातामा तोडिएको छ। 

यसैगरी, चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ। मंगलबार १ हजार ८५० रुपैयाँ रहेको चाँदी बुधबार १ हजार ८५५ रुपैयाँ कायम भएको छ।