दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा भदौ ९ गते बिहान गएको पहिरोले चार घर बगाउँदा हराइरहेका १० जनामध्ये आठ जनाको शव फेला परेको छ।
रामेछाप– दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ।
भदौ ९ गते बिहान गएको पहिरोले चार घर बगाउँदा हराइरहेका १० जनामध्ये आठ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रदीपकुमार सिंहले बताए।
उनका अनुसार मंगलबार एक महिलाको बायाँ गोडाको पैतालाको भागमात्र भेटिएको थियो। नङ पालिस लगाएको औलाका आधारमा आफ्नी श्रीमती बिन्दा पहरीको भएको उनका श्रीमान् कुमार पहरीले स्वीकार गरेपछि सनाखत गरी परिवारको जिम्मा लगाइएको छ।
अविरल वर्षाका कारण गएको पहिरोमा परेर ११ जना बेपत्ता भएका थिए। बेपत्तामध्ये एक जनालाई उद्धार गरिएको थियो। ६ जनाको शव सोही दिन निकालिएको थियो। पहिरोमा हराइरहेका ५५ वर्षीय काले पहरी र ५० वर्षीय झ्याइपुरी पहरी अझै बेपत्ता छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
