नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले १२ लाखसम्मकाे अनुसन्धान प्रस्ताव पेश गर्न युवा वैज्ञानिकलाई अनुराेध गरेकाे छ।
काठमाडौँ– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले युवा वैज्ञानिकलाई अनुसन्धानमा सहयाेग गर्ने भएकाे छ।
नास्टले युवा वैज्ञानिकलाई परियाेजना प्रस्ताव पेस गर्न आह्वान गरेको हाे। मंगलबार जारी सार्वजनिक सूचना अनुसार अनुसन्धान सहयोग कार्यक्रम अन्तर्गत् विज्ञान तथा प्रविधि सम्बन्धी नतिजामुखी अनुसन्धान, नयाँ प्रविधि विकास वा सुधारिएको प्रविधि विकासमा काम गर्नेले प्रस्ताव पेस गर्न सक्नेछन्।
बजेटको अधिकतम सीमा व्यक्ति/समूहगत अनुसन्धानका लागि पाँच लाख, संस्थागत अनुसन्धानका लागि १० लाख र बहुविधागत अनुसन्धानका लागि १२ लाख ताेकेकाे छ।
४० वर्ष ननाघेका वैज्ञानिकले आफ्नाे अनुसन्धान प्रस्ताव र आवेदन २१ दिन भित्र नास्ष्टको केन्द्रीय कार्यालयमा बुझाउनु पर्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
