आयोगले भ्रष्टाचार अभियोगमा माइभ्याली सामुदायिक वन उपभोक्ता समूह, इलामका तत्कालीन अध्यक्ष डोलबहादुर कार्की र कोषाध्यक्ष रीता सम्बहाम्फेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा माइभ्याली सामुदायिक वन उपभोक्ता समूह, इलामका तत्कालीन अध्यक्ष डोलबहादुर कार्की र कोषाध्यक्ष रीता सम्बहाम्फेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
वन उपभोक्ता समितिका तत्कालीन अध्यक्षले २०७० सालदेखि ठेकेदार र अध्यक्षसमेत रही काबेली करिडोर विस्तारका क्रममा कटान आदेशभन्दा बाहिर आफूखुसी रुख कटान गरी घाटगद्दी लिलाम प्रक्रिया अगाडि बढाएको, लेखापरीक्षण नगरेको तथा बैंकिङ कारोबार नगरी आफुखुसी कारोबार गरेको पाइएपछि आयोगले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको थियो।
अध्यक्ष कार्कीले उपभोक्ता समूहको निर्णय पुस्तिका तथा चेक बुकलगायतका कागजात आफैँले लिई समूहको ३० लाख ७८ हजार ६०० रुपैयाँ बराबरको कार्ययोजना प्रक्रिया नपुर्याई स्वीकृत गरेको आरोप छ। कटान आदेशभन्दा बढी आठ लाख ५५ हजार ५०४ रुपैयाँको वन बिनास गरी अवैध घाटगद्दी गरेको पाइएको आयोगको ठहर छ।
आयोगले ३० लाख ७८ हजार ६०० रुपैयाँ बराबरको बिगो दाबी गर्दै बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगका प्रवक्ता नरहरि घिमिरेले बिगोबमोजिम कैद, सजायको माग गर्दै अध्यक्ष र कोषाध्यक्ष दुवै जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
