कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि कारबाही गरिएको महानगरले जनाएको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी 'सप्तऋषि आयल एन्ड कस्मेटिक इन्डस्ट्री'लाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ।
उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि कारबाही गरिएको निरीक्षण अधिकृत डा. अवधेश झाले जानकारी दिए। तेलको गुणस्तरका विषयमा गुनासो आएपछि महानगरपालिकाले असार ७ गते विवरण माग भएको थियो। प्राप्त विवरणका आधारमा प्रतिवेदन तयार पारिएको थियो। सोही प्रतिवेदनका आधारमा जरिबाना गरिएको झाको भनाइ छ।
"माग गरिएको विवरणमा तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि (फर्मुलेसन, रेसिपि मेथड) उल्लेख गरिएको कागजात प्राप्त हुन सकेन। कारखानामा स्टान्डर्ड अपरेसन प्रोसिड्युर (एसओपी)को अभिलेख पाइएन। यसो हुनु भनेको गुड म्यानुफ्याक्चरिङ् प्राक्टिस (जीएमपी) होइन," प्रतिवेदनमा उल्लेख छ।
यस्तै, उत्पादक कम्पनीको नाममा प्राप्त भएको आईओईएस प्रमाणपत्र उत्पादित तेलमा प्रयोग गरिएको र त्यसो गर्न नपाइने प्रतिवेदनले औँल्याएको छ।
तेलमा प्रयोग हुने सम्पूर्ण कच्चा पदार्थ (तेल तथा जडीबुटी)हरूको प्रयोगशालामा परीक्षण गरेको प्रतिवेदन अपुरो पेश भएको महानगरले जनाएको छ। सबै उत्पादनमा एउटै व्याच नम्बर राखिएको, तेलको लेबलमा उल्लेख भएका तत्वहरू र परिमाण तेलमा रहेको पुष्टि हुने कुनै सरकारी अथवा अन्य निकायबाट प्रमाणित हुने कागजात प्राप्त नभएको, लेबलमा उल्लेख फाइदाहरू पुष्टि हुने प्रयोगशाला विश्लेषणसमेत नभई भ्रम सिर्जना हुने शब्दको प्रयोग गरेर प्रचारप्रसार र व्यावसायिक क्रियाकलाप गरेको प्रतिवेदनमा उल्लेख छ।
यीबाहेक महानगरले माग गरेका अन्य थुप्रै प्रमाण पनि कम्पनीले पेश नगरेको महानगरले जनाएको छ। यसपछिको प्रक्रियाका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाउने निर्णय भएको महानगरले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
