तोलामा १ लाख ५३ हजार २०० पुग्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ५३ हजार २०० रुपैयाँ पुगेर उच्च मूल्यको रेकर्ड बनाएको छ। 

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। 

लगातार बढिरहेको सुनको मूल्यले बिहीबार तोलामा १ लाख ५३ हजार २०० रुपैयाँ पुगेर उच्च मूल्यको रेकर्ड बनाएको हो। 

बुधबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार तोलामा १०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैबीच, चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले घटेको छ। चाँदी तोलामा १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ। 

बुधबार चाँदी तोलामा १ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो।