टोलीका १४ खेलाडीलाई जनही ३ लाख, मुख्यप्रशिक्षक जगदीश भट्टलाई २ लाख तथा सहायकप्रशिक्षक भरत यादव, व्यवस्थापक निलम सिंह बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई जनही १ लाख २० हजार रुपैयाँ प्रदान गरिएको छ।
काठमाडौँ– सरकारले काभा महिला नेसन्स लिग भलिबलमा रजत पदक जितेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई नगदसहित सम्मान गरेको छ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय टोलीका १४ खेलाडीलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गरे।
सम्मानित हुने खेलाडीमा कप्तान अरुणा शाही, प्रगति नाथ, सरस्वती चौधरी, उषा भण्डारी, निरुता ठगुन्ना, सोफिया पुन, पुनम चन्द, सुमित्रा रेग्मी, कविता भट्ट, आरती सुवेदी, संगम महतो, सलिना श्रेष्ठ, शान्ति कला तामाङ र कामना विष्ट छन्।
यस्तै, मुख्यप्रशिक्षक जगदीश भट्टलाई २ लाख तथा सहायकप्रशिक्षक भरत यादव, व्यवस्थापक निलम सिंह बज्राचार्य र फिजियोथेरापिस्ट लोकेन्द्र कुँवरलाई जनही १ लाख २० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ।
साउन ३१ गतेको मन्त्रिपरिषद् बैठकले महिला भलिबल टोलीलाई सम्मान गर्ने निर्णय गरेको थियो। साउन १७ देखि २३ गतेसम्म काठमाडौँमा भएको प्रतियोगितामा नेपालले दोस्रो स्थान हासिल गरेको थियो।
सो अवसरमा प्रधानमन्त्री ओलीले महिला भलिबल खेलाडीले हालसम्म पाएको सफलताप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा नयाँ कीर्तिमान कायम गर्ने गरी मेहनत गर्न आग्रह गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
