प्रदेशसभातर्फ १११ सिटसहित कांग्रेस पहिलो, १२ स्थानमा स्वतन्त्र निर्वाचित

मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बनेको छ। एमाले प्रदेश १ र लुम्बिनी प्रदेशमा पहिलो बनेको छ। यस्तै कर्णालीमा कांग्रेस र माओवादीले समान नौ/नौ सिट जितेका छन्।

काठमाडौँ– प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको पत्यक्षतर्फ अन्तिम नतिजा सार्वजिनक भइसकेको छ।

सोमबार बिहान दोलखाको परिणाम घोषणा भएसँगै प्रदेशसभा प्रत्यक्षतर्फका ३३० सिटकै नतिजा घोषणा भएको हो। मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बनेको छ।

एमाले प्रदेश १ र लुम्बिनी प्रदेशमा पहिलो बनेको छ। यस्तै कर्णालीमा कांग्रेस र माओवादीले समान नौ/नौ सिट जितेका छन्। निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा १११ सिट जितेर कांग्रेस पहिलो दल भएको छ।

एमाले ९१ सिट जितेर दोस्रो भएको छ। यस्तै माओवादी केन्द्रले ५४, एकीकृत समाजवादीले १५, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालले ११/११ सिट जितेका छन्। 

लोकतान्त्रिक समाजवादी पार्टीले नाै, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले सात/सात तथा नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीले एक/एक स्थानमा जित हासिल गरेका छन्। प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयी भएको आयोगले जनाएको छ।