नेप्से परिसूचक ३६.८३ अंकले घट्यो, १२ अर्बको कारोबार

बिहीबार नेप्से परिसूचक ३६.८३ अंकले घटेर २८४९.५७ को विन्दुमा कायम भएको छ।

काठमाडौँ– धितोपत्र बजारमा यो साताको कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ।

बुधबार ३.८० अंकले बढेको नेप्से परिसूचक बिहीबार ३६.८३ अंक अर्थात् १.३२ प्रतिशतले घटेर २८४९.५७ को विन्दुमा कायम भएको हो।

बिहीबार ३२२ कम्पनीको दुई करोड ८३ लाख ४६ हजार २४६ कित्ता शेयर एक लाख ४६ हजार २०४ पटक किनबेच भयो। जसबाट १२ अर्ब २४ करोड ३६ लाख एक हजार ३६५ रुपैयाँ बराबरको शेयर कारोबार भयो।

कारोबार भएका कुल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर मूल्यमा घटेको छ भने एउटा उपसमूहको मात्रै बढेको छ। बिहीबारको कारोबारमा म्युचुअल फन्डको ०.१० प्रतिशतले बढेको हो।

बिहीबारको कारोबारमा सर्वाधिक जीवन बीमा समूहको सूचक २.०९ प्रतिशतले घटेको छ। निर्माण समूहको सूचक पनि २.०१ प्रतिशतले घटेको छ।

कुथेली बुखारीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। रसुवागढी हाइड्रोपावर ९.९९, मिड सोलु हाइड्रोपावर ८.४८, मितेरी डेभलपमेन्ट बैंक ७.८९ र पिपल्स हाइड्रोपावरका लगानीकर्ताले ७.६२ प्रतिशतले कमाएका छन्।

त्यस्तै, थ्री स्टार हाइड्रो पावरको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ। विन नेपाल लघुवित्त ५.८४, एनआरएन इन्फास्ट्रक्चर ५. ०८, तारागाउँ रिजेन्सी होटल ४.९९ र नाडेप लघुवित्तका लगानीकर्ताले ४.७८ प्रतिशतले गुमाएका छन्।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै गुडविल फाइनान्सको ३७ करोड ६५ लाख ५९ हजार ७११ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा अपि पावर कम्पनी लिमिटेडको १० लाख ८४ हजार ११९ कित्ता शेयर खरिदबिक्री भएको छ।