जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ परेकाहरूमाथि वन डिभिजनसँगको समन्वयमा विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।
सप्तरी– सिकार गरेर बँदेल मारेको आरोपमा नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी)सहित १० जना पक्राउ परेका छन्।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोसी पलार क्षेत्रबाट मारिएको बँदेलसहित उनीसहित १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो।
डीआईजी ज्ञानविक्रम शाह र नेपाल प्रहरीकै बहालवाला प्रहरी नायब निरीक्षक (सई)सञ्जय न्यौपानेसहितलाई १० पक्राउ परेको प्रहरीले जनाएको छ। न्यौपाने हाल मधेश प्रदेशको बर्दिबासमा कार्यरत छन्।
पक्राउ परेकाहरूको साथबाट २२ क्यालिवरको राइफल एक थान, राइफलको म्यागजिन दुई थान, गोली १५ थान, वाइनाकुलर तीन थान, ट्राइपोटर्र एक थान, फलामको हथौडा एक थान, खुर्पा एक थान, प्रदेश ३–०१–०२२ च ६८५५ नम्बरको स्कारपियो, को२त ६९ नम्बरको ट्याक्टर एक थान र मारिएको बँदेल प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्यले पक्राउ परेकाहरूमाथि वन डिभिजनसँगको समन्वयमा विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
