बिहीबार दिउँसो भएको विस्फोटमा गम्भीर घाइते भएका स्थानीय दिलीप साँवाका दुई वर्षीया छोरी पिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
काठमाडौँ– पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङबुङमा ग्रिनेड विस्फोटक हुँदा एकै घरका दुई नाबालकको मृत्यु भएको छ।
बिहीबार दिउँसो भएको विस्फोटमा गम्भीर घाइते भएका स्थानीय दिलीप साँवाका दुई वर्षीया छोरी पिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि उनीहरू दुवैलाई सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको थियो। पिन्साको राति १० बजे बाटोमा मृत्यु भएको हो। दिप्सनको भने झापाको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको पाँचथरका डीएसपी प्रमुख हेमन्त भण्डारीले जानकारी दिए।
विस्फोटमा घाइते घाइते ११ वर्षीय पवन राईको जिल्ला अस्पताल पाँचथरमा र सात वर्षीय अर्का एक बालकको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
फालेलुङ–५ का वडाध्यक्ष भरतकुमार खपांगीका अनुसार स्थानीय आइतराज केरुङको घरछेउमा खेल्ने क्रममा बालबालिकाले ग्रिनेड भेट्टाएका थिए। “दिउँसो तीन बजेतिर नानीहरूले खेल्ने क्रममा ग्रिनेड भेट्टाएछन्,” वडाध्यक्ष खपांगीले भने, “हथौडाले हिर्काउँदा पड्किएर घटना भएको हो।” घटनास्थलमा अर्को पनि खिया लागेको फलामजस्तो देखिने शंकास्पद वस्तु भेटिएको उनले बताए।
ग्रिनेड द्वन्द्वकालमा छाडिएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। घटनास्थललाई प्रहरीले सिल गरेको छ। घटनास्थलमा नेपाली सेनाको टोली पनि पुगेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
