प्रसारण लाइन निर्माणमा भएको ढिलाइले सबस्टेसन सञ्चालनमा नआउँदा म्याग्दीका मंगला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार कार्य प्रभावित भएको छ।
म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहमा विद्युत् आपूर्ति गर्न निर्माण भएको प्रसारण लाइन र सबस्टेसन अझै सञ्चालनमा आउन सकेको छैन।
पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुंगा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुंगामा निर्माण भएको ३३/११ केभी क्षमताको सबस्टेसन सञ्चालनमा ल्याउन ढिलाइ भएको हो।
६ वर्षअघि नै सम्पन्न हुनुपर्ने सबस्टेसन र प्रसारण लाइन निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मंगला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार र विद्युत् आपूर्ति प्रभावित भएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए।
“हाल मिलनचोक सबस्टेसनका चारवटा फिडरबाट लामो दूरीमा विद्युत् आपूर्ति गराउँदा समस्या भएको छ,” उनले भने, “२० किलोमिटर दूरीसम्म एउटा सबस्टेसनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड भए पनि ८० किलोमिटरसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन भएको समस्या हट्ने थियो।”
पोल गाड्ने, तार तान्ने, सबस्टेसनमा संरचना निर्माण र उपकरण जडानको काम सकिएपछि गत मंसिर–पुसमा प्रसारण लाइनको परीक्षण पनि गरिएको थियो। नेपाल विद्युत् प्राधिकरणमार्फत एटुजेड इन्जिनियरिङले सन् २०१६ मा ठेक्का लिएको सबस्टेसन र प्रसारण लाइन सन् २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो।
शुरूआती चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो। पोल गाड्ने र तार तान्ने क्रममा जग्गाधनीको अवरोधले रोकिएको आयोजनाको काम २०८० को जेठमा चार वर्षपछि शुरू भएको थियो। निर्माण कम्पनी एटुजेड इन्जिनियरिङका प्रतिनिधि पद्यसागर लुइँटेलले छिट्टै नै प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा ल्याउने तयारी गरेको बताए।
मालिका गाउँ कार्यपालिकाका प्रवक्तासमेत रहेका रातोढुंगाका बासिन्दा अनुप गौचनले सबस्टेसन र प्रसारण लाइन निर्माणमा सहजीकरणका साथै प्रदेश, संघीय जनप्रतिनिधिमार्फत सञ्चालनमा ल्याउन ताकेता गरेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
