कावासोती नगरपालिका–१ बालुवाडाँडामा ६८ लाख रुपैयाँ लागतमा तीन वर्षअघि ६० फिट अग्लो टावर निर्माण गरिएको थियो। रेखदेख एवं सञ्चालन गर्ने निकायको अभावमा टावर बेवारिसे बनेको छ।
मध्यविन्दु– बर्दघाट सुस्तापूर्वको कावासोतीमा ६८ लाख लागतमा निर्माण सम्पन्न भएको भ्यु टावर बेवारिसे बनेको छ। कावासोती नगरपालिका–१ बालुवाडाँडामा ६८ लाख रुपैयाँमा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो।
तीन वर्षअघि निर्माण सम्पन्न भएको टावरको प्रयोग रेखदेख एवं सञ्चालन गर्ने निकायको अभावमा बेवारिसे अवस्थामा पुगेको हो। टावरका स्टिलका बार चोरी हुन थालेका छन् भने भ्यु टावर मद्यपान र धूमपान गर्नेको रोजाइको केन्द्र बन्न थालेको स्थानीय जितुमाया रानाले गुनासो गरिन्। “अहिले त भ्यु टावरमा लगाइएको स्टिलको बार काटेर लगिएको छ। भित्ताका प्लास्टर उप्किएको छ, लेउ लागेको छ, यत्रतत्र फोहर फालिएको छ, जमिन पनि धाँजा भएर फाट्न थालेको छ,” उनले भने।
टावर बनेपछि पर्यटकीय गतिविधि बढ्ने र स्थानीयको आयआर्जनमा वृद्धि हुने आशाले रानालगायत भ्यु टावर नजिकै घर भएका स्थानीयवासी खुशी भएका थिए। तर भ्यु टावर बनेको तीन वर्ष हुँदासम्म पनि सञ्चालनमा नआउँदा खुशीभन्दा पनि अहिले असुरक्षा बढेको रानाले बताए।
“भ्यु टावर सञ्चालन गर्ने निकाय नहुँदा विकृति बढ्दै गएको र बाटोमा हिँड्न पनि डरलाग्दो भएको छ,” उनले भने, “अबेर रातिसम्म मदिरा सेवन गर्नेको समूह धेरै आउन थालेको छ, कहिलेकाहीँ त दिउँसै पनि लट्ठिएर हिँड्दा स्थानीय बालबालिकालाई पनि डर हुने अवस्था सिर्जना भएको छ।”
कावासोती –१ का वडाध्यक्ष तबारक अहमद मियाँले भ्यु टावर सञ्चालनमा नआए पनि दैनिक १०० भन्दा धेरै आन्तरिक पर्यटक भ्यु टावर क्षेत्र घुम्न आउने गरेको बताए। “तत्काल भ्यु टावर व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी नगरपालिकामा पहल गरिरहेको छु,” उनले भने, “व्यवस्थित रूपमा भ्यु टावर सञ्चालन नहुँदा दैनिक आम्दानीको स्रोत गुमिरहेको छ भने रेखदेख नहुँदा त्यस क्षेत्रमा फोहरको थुप्रो लागेको छ।”
भ्यु टावरको वरिपरि पहिरो जान थालेपछि आर्थिक वर्ष २०७९/८० मा १० लाख रुपैयाँ बजेट विनियोजन गरी नगरपालिकाले ‘कम्पाउन्ड वाल’ लगाउन शुरू गरेको थियो। चालु आवमा पनि कम्पाउन्ड वाल निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ। भ्यु टावर व्यवस्थापन र नियमित सञ्चालनका लागि नगरपालिकाले प्राथमिकतामा राखेको कावासोतीका नगरप्रमुख विष्णुप्रसाद भुसालले बताए।
समुद्री सतहबाट झन्डै ८०० मिटर उचाइमा रहेको भ्यु टावर पूर्वपश्चिम राजमार्गको फलफूलचोकबाट ११ किलोमिटरको दूरीमा छ। यस क्षेत्रबाट जिल्लाका अधिकांश भूभागसँगै चितवनसहित भारतीय क्षेत्रसमेत देख्न सकिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
