टेक्सासको ह्युस्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका छन्।
वाशिंटन डिसी– प्रहरीले नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्या आरोपमा टेक्सास राज्यबाट ५१ वर्षीय बवीसिंह शाहलाई पक्राउ गरेको छ। पाण्डेको टेक्सासको हयुस्टनमा गत शनिबार हत्या भएको बताइएको छ। मुनाको हत्याका आरोपमा शाहलाई पक्राउ गरी तस्वीरसमेत सार्वजनिक गरेको प्रहरीले जनाएको छ।
हयुस्टन पुलिस डिपार्टमेन्टले ६३६३ वेस्ट एयरपोर्ट ब्लुवर्डमा गत सोमबार साँझ ५ः३५ बजे पाण्डेको शव उनकै अपार्टमेन्टमा फेला पारेको थियो। प्रहरीलाई अपार्टमेन्टको स्टाफले फोन गरेर जानकारी दिएको र सोही जानकारीका आधारमा सोमबार अपार्टमेन्टमा प्रहरी टोली पुगेको जनाइएको छ।
त्यहाँ उनीहरूले गोली प्रहारपश्चात् निधन भएकी एक युवतीको शव बरामद गरेका थिए। पछि उनीहरूले शव मुनाको भएको जानकारी गराएका थिए। प्रहरीले बुधबार मात्र शंकास्पद व्यक्तिको तस्वीर सार्वजनिक गरेको थियो। सोही दिन साँझ सन्दिग्ध शाहलाई गिरफ्तार गर्न सफल भएका थिए।
नेपाली समुदायका अगुवाहरूले मुनाको न्यायको लागि प्रयास गरिरहने र सन्दिग्ध व्यक्तिलाई अधिकतम सजायको माग गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
