बबई सिँचाइको नहरले बगाउँदा १ बालिकाको मृत्यु

बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा शुक्रबार बिहान शव फेला परेको हो।

सांकेतिक तस्वीर।

गुलरिया– बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा बारबर्दिया नगरपालिका–९ कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरी रहेकी छन्। बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा बिहीबार राति नहरको किनारमा चप्पल फेला परेको थियो। बालिकाको शुक्रबार बिहान शव फेला परेको बर्दिया जिल्ला प्रहरी कार्यालयका डीएसपी तुल्सीराम अर्यालले जानकारी दिए। 

नहर किनारमा चप्पल फेला परेपछि प्रहरीले बालिका नहरमा बगेको आशंकामा खोजी गर्दै जाँदा चप्पल भेटिएको स्थानबाट चार किलोमिटर पश्चिमतर्फ वडा नं ९ स्थित धोविनपुर भन्ने ठाउँमा बालिकाको शव भेटिएको बताइएको छ।