तोलाकाे ६ सयले घट्यो सुनको भाउ

मंगलबार सुनको भाउ तोलामा छ सय रूपैयाँले घटेको छ। लगातार बढेर तोलाको लाख नजिक पुगेको सुनको भाउ घटेकाे हाे।

काठमाडाैँ– मंगलबार सुनको भाउ तोलामा छ सय रूपैयाँले घटेको छ। लगातार बढेर तोलाको लाख नजिक पुगेको सुनको भाउ घटेकाे हाे।

साेमबार सुन प्रतितोला ९९ हजार ९०० रुपैयाँ पुगेकाे थियाे। मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँका दरले काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

आइतबार प्रतितोला ९९ हजार ५०० मा कारोबार भएको सुन सोमबार ४०० ले बढेकाे थियाे। यस्तै तेजाबी सुन ९८ हजार ८०० मा काराेबार भइरहेकाे छ। चाँदी तोलामा ३५ रुपैयाँ घटेको छ।

कारोबार मूल्य प्रतितोला १३ सय ५० रुपैयाँ भएको छ। अन्तर्राष्ट्रिय बजारमा पनि मंगलबार सुनचाँदी दुवैको मूल्यमा गिरावट देखिएको हाे।