नेवार समुदायको साझा संस्था नेपाल भाषा मंकाः खलःअन्तर्गतको युवाहरूको समूह ल्याम्हः पुचःको नेतृत्वमा बेनी बजार र मंगलाघाट बजारमा जोगीनाच प्रदर्शन गरिएको छ।
म्याग्दी– म्याग्दी सदरमुकाम बेनीमा परम्परागत जोगी नाच प्रदर्शन गरिएको छ। बेनीको सांस्कृतिक पहिचान बनेको एक महिने वर्षे नाचअन्तर्गत शुक्रबार जोगी नाच देखाइएको हो।
नेवार समुदायको साझा संस्था नेपाल भाषा मंकाः खलःअन्तर्गतको युवाहरूको समूह ल्याम्हः पुचःको नेतृत्वमा बेनी बजार र मंगलाघाट बजारमा शुक्रबार दिनभर जोगीनाच प्रदर्शन गरिएको थियो। करिब ३० जना बढी युवायुवती र बालक सहभागी भएर शिव, पार्वतीको भेषमा सजिएर परम्परागत जोगी नाच देखाइएको जोगी नाचका संयोजक सुशीलकुमार श्रेष्ठले बताए।
उनका अनुसार नयाँ कलाकारलाई तालिम दिएर जोगी नाचमा सहभागी गराइएको थियो। युवाको समूह नाचगानसहित बजारमा निस्किएपछि दिनभर सर्वसाधारणले रुचिपूर्वक नाच अवलोकन गरेका थिए।
बजारमा जोगी नाच प्रदर्शन गर्नुअघि लक्ष्मीनारायण मन्दिर परिसरमा महादेव र पार्वतीको पूजागरी उनीहरूलाई खुसी पार्न ताण्डव नृत्यसहित युवालाई जोगी बनाएर बजारमा नचाउने प्रचलन रहेको नेपाल भाषा मंकाःखलःका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको भनाइ छ।
नृत्यका साथै घरघरमा पुगेर भिक्षास्वरुप सहयोग जुटाउने चलन पनि छ। भिक्षामा संकलन हुने रकमलाई वर्षे नाचको व्यवस्थापन तथा संरक्षणमा खर्च गरिन्छ। बेनी बजारमा बस्ती बसेदेखि नै यो नाच देखाउन थालिएको हो।
यस वर्ष लाखे नाच, घोडा नाच, जोगी नाच, नागनागिनी नाचसहित श्रीकृष्ण रथयात्रालगायत कार्यक्रम समावेश गरिएको ल्याम्हः पुचः का अध्यक्ष जेनेश श्रेष्ठले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
