पोखरी बचाउने अभियानमा रहेका भागवत प्रधानलाई स्थानीयले पनि साथ दिएका छन्। उनीहरूले लामो समयदेखि आन्दोलनसमेत गर्दै आएका छन्।
काठमाडौँ– सार्वजनिक पोखरीमा व्यापारिक भवन निर्माण गर्न नपाइने भन्दै ठमेलस्थित छायादेवी कम्प्लेक्स परिसरमा शनिबार बिहान शान्तिपूर्ण धर्नामा बसेका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धर्नामा बसेका उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिका संयोजक पृथबिन्दु महर्जन, सहसंयोजक अशोकरत्न बज्राचार्य, सचिव शंकर महर्जन, सदस्य सुरज प्रधान, समितिअन्तर्गत वैदेशिक हस्तक्षेपविरुद्ध राष्ट्रियता विषयमा जनजागरण अभियानका संयोजक महेश बज्राचार्य, नेवा अभियानका सचिव सुसन नकर्मी, सदस्य दीपेन्द्र शाक्यलाई नियन्त्रणमा लिएको हो।
उनीहरूलाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ।
सार्वजनिक पोखरीको जग्गामा व्यापारिक भवन निर्माण गरिएको भन्दै सम्पदा संरक्षण अभियन्ता भागवत प्रधानले सर्वोच्चमा मुद्दा दायर गरेको मुद्दा लामो समयदेखि विचाराधीन छ। उक्त मुद्दाको पेसी यही भदौ १७ गतेलाई तोकिएको छ।
पोखरी बचाउने अभियानमा रहेका प्रधानलाई स्थानीयले पनि साथ दिएका छन्। उनीहरूले लामो समयदेखि आन्दोलनसमेत गर्दै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
